पर्यटनको राजधानी पोखरामा पर्वतीय पर्यटन शिक्षा
अवधारणा पत्र

प्रस्तावना
भर्खरै पोखरालाई नेपालको पर्यटन राजधानीको रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ । पोखरालाई यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर, र साहसिक पर्यटनका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा लिइन्छ । १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोग र उनको टोलीद्वारा अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहण गरिएको थियो, र त्यसपछि पोखरा अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारको रूपमा स्थापित भएको थियो। अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा, पोखरामा पर्वतीय पर्यटन र ट्रेकिङका लागि धेरै अवसरहरू छन् । पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी, लगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछन् । यो अवधारणा पत्रले पोखरामा पर्वतीय पर्यटन शिक्षाको वर्तमान अवस्था, चुनौतीहरू, र यसको भविष्यको सम्भावनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रयास गरिएको छ ।

उद्देश्य
 पोखराको पर्यटनमा पर्वतीय पर्यटन शिक्षाको योगदान र यसको महत्वको बारेमा जानकारी गराउने।
 पर्वतीय पर्यटन शिक्षाको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने।
 पर्यटन राजधानीका रूपमा पोखराले प्राप्त गर्न सक्ने अवसरहरू र चुनौतीहरूको बारेमा विश्लेषण गर्ने।

पोखरा – पर्यटनको राजधानीे
पोखरा, अनुपम प्राकृतिक सौन्दर्य, हिमालको निकटता, र विविध साहसिक क्रियाकलापहरूको लागि प्रख्यात छ। फेवाताल, सराङकोट, पञ्चासे, र बेगनासताल जस्ता पर्यटकीय स्थलहरूले पोखरालाई आकर्षक गन्तव्य बनाएका छन्। यस्तै, अन्नपूर्ण आधार शिविर ट्रेक, घान्द्रुक, घोरेपानी, मर्दी हिमाल, र माछापुच्छ्रे बेस क्याम्प जस्ता प्रसिद्ध ट्रेकिङ मार्गहरू पनि पोखराका लागि पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख गन्तव्यहरु हुन् । पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्ने प्रदेश सरकार र पोखरा महानगरकोे योजना छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडानसँगै त्यससँग जोडिएका पूर्वाधार निर्माण लगायतका विषयलाई अघि बढाउने तयारी छ । पोखरामा क्रियाशील अन्य पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि पर्यटन राजधानी घोषणा भएपछि आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् । साथै, पोखरालाई नै आधार बनाएर गरिने विभिन्न पदयात्राका गन्तव्य पर्यटकको रोजाइमा पर्दछन् ।

पर्वतीय पर्यटन शिक्षाको महत्व
नेपालमा संसारका १४ मध्ये ८ वटा ८००० मिटरभन्दा माथिका हिमालहरू छन्। जसमा नेपाल सरकार द्वारा आरोहणका लागि ४१४ हिमालहरू खुला गरिएको छ । गण्डकी प्रदेशको कुरा गर्दा, यहा नेपालका ८ वटा अग्ला हिमालहरूमध्ये ३ वटा हिमालहरू अर्थात्, धौलागिरी (८१६७मि), मनास्लु (८१६३मि) र अन्नपूर्ण (८०९१मि), जसले क्रमशः विश्वका ७ औं, ८ औं र १० औं अग्ला हिमालहरू गण्डकी प्रदेशमा छन्। यी हिमालहरूको महत्वले गण्डकी प्रदेशलाई सबैभन्दा लोकप्रिय गन्तव्यहरू मध्ये एक बनाएको छ। त्यसबाहेक, यहा नेपाल सरकार द्वारा आरोहणका लागि १२१ हिमालहरू खुला गरिएको छ ।

विश्वप्रसिद्ध अन्नपूर्ण परिक्रमा यात्रा, मनास्लु यात्रा र आरोहण, रहस्यमय मुस्ताङ उपत्यका र सबैभन्दा अग्लो उचाइमा रहेको ताल तिलिचो र मुक्तिनाथ यस प्रदेशका केही लोकप्रिय आकर्षणहरू हुन्। नेपाल भ्रमण गर्ने धेरै विदेशी पर्यटकहरू प्रायः यस प्रदेशका ती गन्तव्यहरूमा भ्रमण नगरी रहन सक्दैनन्। नेपाली हिमालहरूमा गरिने पर्वतारोहणले विश्वभरका पर्वतारोहीहरूलाई आकर्षित गरेका छ। विशेष गरी बहराइनका राजकुमार शेख नासर बिन हमाद अल खलिफाले २०२१ मा सगरमाथा आरोहणको तयारीका लागि गण्डकी प्रदेशमा रहेको मनास्लु हिमाल, अक्टोबर २०२० मा आरोहण गरेका थिए ।

पर्वतीय पर्यटन शिक्षा भनेको केवल शैक्षिक कार्यक्रमहरूमा सिमित छैन, बरु यो सम्पूर्ण पर्यटन प्रणालीको विकास र प्रवर्द्धनसँग सम्बन्धित छ । यसले पर्वतीय पर्यटनको विभिन्न आयामहरू जस्तै ट्रेकिङ, पर्वतारोहण, साहसिक खेलकुद, स्थानीय संस्कृति र वातावरण संरक्षण, दीगो पर्यटन जस्ता विषयहरूलाई समेट्छ । पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट प्रशिक्षित जनशक्ति उत्पादन गरी स्थानीय स्तरमा पर्यटन व्यवस्थापन,पर्यटन सेवा र संरक्षणमा योगदान पु¥याउन सकिन्छ ।

जनप्रिय बहुमुखी क्याम्पसको भूमिका
जनप्रिय बहुमुखी क्याम्पस पोखराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वायत्त कार्यक्रमका रूपमा ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले विद्यार्थीहरूलाई पर्वतीय पर्यटनका विभिन्न पक्षहरूमा ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने क्षमता प्रदान गर्दछ । कार्यक्रमका प्रमुख विशेषताहरूमा पर्यावरण संरक्षण, साहसिक पर्यटन, स्थानीय समुदायको सहभागिता, र स्थानीय संस्कृति संरक्षण सम्बन्धी ज्ञान प्रदान गरिन्छ । यसरी पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट पर्यटनको राजधानी पोखरालाई क्याम्पसले थप योगदान पु¥याउन सक्छ ।

पर्वतीय पर्यटन शिक्षाका फाइदाहरू
 स्थानीय अर्थतन्त्रको प्रवर्द्धनः पर्वतीय पर्यटन शिक्षाले प्रशिक्षित जनशक्ति उत्पादन गर्नेछ, जसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउनेछ । विभिन्न पर्यटन सेवा प्रदायकहरू जस्तै ट्रेकिङ गाइड, होटेल व्यवस्थापन, र रेस्टुरेन्ट व्यवसायमा रोजगारीको अवसर सिर्जना हुन्छ।
 संस्कृति र वातावरण संरक्षणः शिक्षाले पर्यावरण संरक्षण र स्थानीय संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँछ। पर्यटकहरूको संख्या बढेसँगै स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन आवश्यक हुन्छ।
 रोजगारका अवसरहरूः प्रशिक्षित जनशक्तिका कारण नयाँ रोजगारका अवसरहरू सिर्जना हुनेछ। स्थानीय जनसमुदायका लागि पर्यटक गाइड, होटेल व्यवसाय, र साहसिक खेलकुदका प्रशिक्षक जस्ता क्षेत्रमा रोजगारीको अवसर वृद्धि हुन्छ।
 अन्तर्राष्ट्रिय सहयोगः यस क्षेत्रमा भएको शिक्षाले अन्तर्राष्ट्रिय सहयोग र अनुदान प्राप्त गर्ने सम्भावना बढाउँछ। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू, अनुसन्धान संस्था, र पर्यटन संगठन संग सहकार्यमा वृद्धि हुन्छ।

चुनौती र समाधान
 अवसरहरूको अभावः प्रशिक्षित जनशक्तिका लागि पर्याप्त रोजगारी अवसरको अभाव हुन सक्छ।
समाधानः नयाँ पर्यटन क्षेत्रहरूको विकास र प्रवर्द्धन गर्नु आवश्यक छ। स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ।
 संवेदनशील पर्यावरणः पर्वतीय क्षेत्र संवेदनशील हुने भएकाले संरक्षण चुनौतीपूर्ण हुन सक्छ।
समाधानः वातावरणमैत्री पर्यटन नीति र अभ्यासहरूको विकास गर्नु आवश्यक छ। वातावरणीय प्रभाव मूल्यांकन, र वातावरण संरक्षण सम्बन्धी प्रशिक्षण कार्यक्रमहरूको सञ्चालन गर्न सकिन्छ।
 पूर्वाधारको अभावः शिक्षण सुविधाहरूको अभाव हुन सक्छ।
समाधानः सरकारी तथा निजी क्षेत्रको सहकार्यमा पूर्वाधार विकास गर्न आवश्यक छ। शिक्षण सामग्री, पुस्तकालय, पर्वतीय पर्यटन प्रयोगशाला, र अन्य आवश्यक शैक्षिक सुविधाहरूको विकास गर्न सकिन्छ।

तथ्यांक र विश्लेषण
पोखरामा पर्वतीय पर्यटनको महत्वपूर्ण तथ्यांकहरूमध्ये केही निम्नानुसार छन् ।
 तथ्यांक अनुसार नेपाल आउने पर्यटकहरूमध्ये ४० प्रतिशत पोखरा भ्रमण गर्छन्।
 २०१९ मा देश भ्रमण गर्ने ११.९ लाख पर्यटकहरूमध्ये करिब ४८०,००० पोखरा आगमन भएको थियो। यसमध्ये ६५% पर्यटक ट्रेकिङ्गका लागि आएका थिए।
 हालसालै गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा १९२ अर्बभन्दा बढी रुपैयाँ लगानी भएको छ।
 पोखरामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा संलग्न मध्ये ४०% मानिस ट्रेकिङ गाइड, होटेल व्यवसाय, र साहसिक खेलकुदमा कार्यरत छन्।
 तथ्यांक अनुसार गण्डकी प्रदेशमा हाल ७०० पर्यटक स्तरका होटलहरू, १४० रेस्टुरेन्टहरू, २०३ ट्राभल एजेन्सीहरू, १५९ ट्रेकिङ एजेन्सीहरू, ६५ प्याराग्लाइडिङ कम्पनीहरू, र ११५ ट्रेकिङ सामाग्री पसलहरू छन् जसमा करिब ७५,००० व्यक्तिहरू पर्यटन क्षेत्रको रोजगारमा छन्। जसबाट पर्यटन क्षेत्रहरूका प्रशिक्षित जनशक्तिका लागी रोजगारका अवसरहरू सिर्जना हुनेछ।

निष्कर्ष
पर्वतीय पर्यटन शिक्षाले, नेपालको पर्यटन राजधानीका रूपमा पोखरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जनप्रिय बहुमुखी क्याम्पसले सञ्चालन गरिरहेको ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट कार्यक्रमले यस क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको छ र भविष्यमा अझ सशक्त रूपमा योगदान पु¥याउन सक्नेछ । पर्वतीय पर्यटन शिक्षाको प्रवर्द्धनले स्थानीय अर्थतन्त्र, संस्कृति, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन मद्दत गर्नेछ ।

प्रस्तुतकर्ता ः
दीपेन्द्र पहारी
उपप्राध्यापक
जनप्रिय बहुमुखी क्याम्पस
पोखरा, नेपाल ।